बलीउड अभिनेत्री दीपिका पादुकोण र बलीउड अभिनेता रणवीर कपुरबीचको प्रेम सम्बन्ध छुटेका विभिन्न हल्लाहरु आएपनि ती हल्ला निराधार सावित हुँदै गइरहेका छन् । तर उनीहरुबीच खटपट भने निकै हुने गरेको छ । यसैबीचमा प्रेमी रणवीर प्रेमिका दीपिकासँग रिसाएको खबर सार्वजनिक भएका छन् । भारतीय संचारमाध्यमहरुले यी रामलिला जोडी एकअर्कासँग ठुस्स परेको उल्लेख गरेका छन् । यी दुबै विचमा बिचार र व्यवहार नमिल्नाका कारण यस्तो भएको अनुमान लगाइएको भएतापनि रणवीर दीपिकाका कारण रुष्ठ रहेको बताइएको छ । किनभने रणवीरले दीपिकाले आफुलाई पर्याप्त समय नदिएको र त्यति वास्ता पनि नगरेको भन्दै रणवीर रुष्ठ बनेका हुन् । दीपिका रिसाउनुको अर्को कारण, केही समय अघि रणवीर र वाणी कपुरको फिल्म ‘बेफिक्रे’ को ट्रेलर रिलीज भएको थियो । धेरैले रणवीरको उक्त ट्रेलरको तारिफ गरेपनि दीपिका भने यस विषयमा चुप बसिन् । यसकारण पनि रणवीर अहिले दीपिकासँग रिसाइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । तर त्यतिबेला यो जोडी निर्देशक संजय लीला भंसालीको फिल्म ‘पद्मावती’ मा देखिंदै छन् । अब धेरैले के अनुमान लगाएका छन् भने, ‘पद्मावती’ को शुटिङको बेला यी दुई बिच केही कुरा मिल्न सक्छ कि ।