बलीउड अभिनेत्री काजोलले निक्कै लज्जित बन्नु पर्यो जब आफैँले लगाएको ड्रेसले धोका दियो । फिल्म फेयर अवार्ड २०१६ मा अवार्ड थाप्न स्टेजमा पुगेकी काजोललाई ड्रेसले धोका दिएपछि धेरै सेलिब्रेटिका बीचमा रातो पिरो हुनु पर्ने अवस्था आयो ।
आधा कालो र आधा सेतो रङको केही भाग जमिनमा घस्रिने किसिमको वान पिस विशेष पहिरन लगाएकी काजोलको लुगा हिड्दा टेकिएपछि उनलाई समस्या भएको हो । लामो हिलले पटक पटक लुगा टेकिएपछि उनी हिड्नै नसक्ने अवस्था सिर्जना भएको थियो । हिड्दा लगातार टेकिएपछि लुगाको तल्लो भाग उचालेर उनले हातमा बोक्नु परेको थियो ।