बलीउडमा अहिले एउटा कुरा निकै भाइरल भइरहेको छ कि नायिका कंगना रनोटले विवाह गरिसकेकी छिन् र उनको डिभोर्स पनि भइसकेको छ । अब यो भन्दा पहिला कि यस कुरालाई लिएर कंगना कुनै अन्य स्क्याण्डलमा फसिन् वा तपाईहरुलाई यो लाग्ला कि कंगना फेरी कुनै कन्ट्रोवर्सीको शिकार भइन्, त्यसैले यो कुराको स्पष्ट पारदिउँ कि हामी कुरा गरिरहेका छौ हंसल मेहताको फिल्म ‘सिमरन’ मा उनको भुमिकाको विषयमा ।
यो फिल्ममा कंगना एक डिभोर्स लिएर बसेकी महिलाको भुमिकामा देखिनेछन् । उनी हाल यो फिल्मका लागि अटलांटामा छिन् । कंगनाले फिल्म ‘रिवल्वर रानी’, ‘क्वीन’ र ‘तनु वेड्स मनु रिटर्न्स’ मा अलग-अलग तरिकाको भुमका निर्वाह गरेकी थिइन्, जुन भुमिकालाइ दर्शकहरुले निकै रुचाएका थिए । र अब उनी एक पटक फेरी एक अलग तरिकाको भुमिकामा देखिदैछिन् । खबरका अनुसार, कंगना यो फिल्ममा एक साधारण डिभोर्स लिएर बसेकी महिलाको भुमिकामा देखिनेछिन् ।







