बलीउड अभिनेत्री कैटरिना कैफका दुई फिल्म ‘फितुर’ र ‘बारबार देखो’ असफल भएपछि उनी अचेल फिल्मविहीन छिन् । सोही फुर्सदमा उनले आफूलाई टेलिभिजनका डान्स रियालिटी सो धेरै मनपर्ने बताएकी छिन् । यसै आधारमा भारतीय सञ्चार माध्यमले हातमा फिल्म नभएपछि उनी टेन्सनमा रहेको र टिभीतिर चिहाउन थालेको उल्लेख गरेका छन् ।
कैटरिनाले फिल्मका लागि थुप्रै निर्माता, निर्देशकसँग हारगुहार गरे पनि उपलब्धि हासिल नभएको बताइएको छ । कैटरिनासँग अब ६ महिना कुनै काम नभएकाले उनी टिभी सोमा देखिन सक्ने सम्भावना बढेको छ ।
उनले अभिनय गर्ने भनिएको ‘एक था टाइगर–२’ को सुटिङ अर्का साल मात्रै सुरु हुने भएको छ । रणवीर कपुरसँगको उनको फिल्म ‘जग्गा जासुस’को सुटिङ सकिइसकेको छ । त्यो फिल्म आगामी वर्षको अप्रिलमा प्रदर्शन हुँदैछ । त्यसको प्रमोसन २०१७ को मार्चमा मात्र सुरु हुनेछ । त्यसकारण अबको ६ महिना कैटरिनाको कुनै काम नभएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।