नायिका प्रियंका कार्की र नायक दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र ‘पुरानो डुङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ । पर्दामा निकै रुचाइएको यो जोडीको ‘पुरानो डुङ्गा’ को ट्रेलरमा पनि राम्रै केमेष्ट्रि जमेको छ । कमेडी शैलीमा तयार भएको ट्रेलरमा दाजुभाई बिच एक डुङ्गाको विषयमा भएको झगडादेखी माया प्रेमलाई रोचक तरिकाले देखाउन खोजिएको छ । मंसीर १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको ट्रेलरले दर्शकहरुलाई कौतुहल्ता भने राम्रै तुल्याउँछ । चलचित्र ‘कबड्डी र कबड्डी कबड्डी’ बनाएर चर्चा कमाएका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धन बहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको मुख्य भूमिका रहेको छ । चलचित्रमा रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार, धन बहादुर गुरुङ निर्माता रहेको चलचित्रमा बाल्मिकी पोख्रेल र अर्जुन कार्की कार्यकारी निर्माता छन् । राम बाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा माओत्से गुरुङको कथा छ ।