सेक्सका विषयमा टिभीस्टार किम कादर्शियन र उनकी दिदी क्लोइ कादर्शियन उदार देखिन्छन्। उनीहरु आफ्ना यौन अनुभव साट्न खप्पिस छन्। अमेरिकाकी चर्चित टेलिभिजन प्रस्तोता क्लोइ कादर्शियनले १५ वर्षको उमेरमै कुमारित्व भंग भएको अनुभव आफ्ना समर्थकमाझ साटेकी छिन्। ३१ वर्षकी कादर्शियनले आफ्नो वेभसाईटमा पहिले सेक्स अनुभवका विषयमा लेखेकी छिन्, ‘डरलाग्दो।’ समर्थकहरुलाई उनले भनेकी छिन्, ‘आफ्नो कुमारित्व गुमाउनु हाँसोलाग्दो कुरा होइन। त्यतिबेला निकै आश्चुर्य लागेको थियो । म डराएको थिएँ र निकै पीडा भएको थियो। म १५ वर्षको थिए र मसँग यौनसम्पर्क गर्ने व्यक्ति मभन्दा जेठो थिए। उनी भर्जिन थिएनन्।’
लामार ओडोमसँग सम्बन्ध विच्छेद गरेकी कादर्सियनले १२ वा १३ वर्षको उमेरमा पहिलोपटक कुनै युवकसँग किस गरेको बताएकी छिन्। उनले हवाईमा भएको त्यही भेटमा आफ्ना प्रेमिलाई ‘आइ लभ यू’ भनेको बताइन्। उनले १७ वर्षको उमेरमा आफ्नो पहिले ब्रेकअप भएको बताएकी छिन्।