बलीउड अभिनेत्री काजोल तथा अभिनेता अजय देवगनकी छोरीको नाम न्यासा हो। हालै न्यासाको बारेमा पिता अजयले एउटा कुराको खुलासा गरेका छन्। अजयका अनुसार उनकी छोरी बिगत डेढ वर्षदेखी उनीसँग रिसाएकी थिइन्। आफ्नो ड्रिम प्रोजेक्ट शिवायको कामको व्यस्तताले गर्दा छोरीलाई समय दिन नसकेपछि उनी रिसाएकी हुन्। अजयका अनुसार हाल भने उनकी छोरीको रिस मरिसकेको छ। आफ्नो बाबुको फिल्मको ट्रेलर रिलिज भएपछि बाबुले समय नदिनुको कारण बुझेपछि उनले आफ्नो रिस हटाएकी हुन्।
अजयका अनुसार समय नदिएपछि रिसाएकी छोरीले आफू किन व्यस्त भएको बुझेको भन्दै रिसाउन छोडेको एक अन्तरवार्ताका दौरान बताए। शिवाय अक्टुबर २८ मा रिलिज हुँदैछ ।