केही दिनदेखी बलिउड अभिनेता रणवीर कपुर तथा अभिनेत्री दीपिका पादुकोणबिच ब्रेकअप भएको भन्ने हल्लाहरुले राम्रै तातिरहेको छ । तर यस विषयमा न दीपिकाले मुख खोलेकी छिन् न त रणवीरले नै । तर हालै रणबीरले यस विषयमा आफ्नो घोचिलो तर प्रेमिल जबाफ फर्काएका छन् ।
‘माया भावना मात्र होइन्। माया एउटा अवधारणा हो जसलाई थुप्रै मान्छेले अभिव्यक्त गर्न, बुझ्न र बाँडने प्रयास गरे तर आजसम्म कसैले यसको व्याख्या गर्न सकेको छैन्’, रणवीरले भने, ‘माया आत्माले गर्नुपर्छ। मेरो बुझाइ के छ भने आत्मा सबैमा हुन्छ। माया पाउन सजिलो भए पनि यो आफैमा ठूलो कुरा हो। जब तपाईं कसैलाई माया गर्नुहुन्छ त्यो पवित्र हुन्छ। यस्ता कुरालाई व्याख्या विश्लेषण गर्न मलाई गार्हो लाग्छ तर यसको सम्बन्ध आत्मासँग नै हुन्छ भन्ने मान्दछु।’