बलीउडस्टार आमिर खानको निर्माण र अभिनयमा तयार भएको यस बर्षको प्रतिक्षित चलचित्र ‘दंगल’ को ट्रेलर रिलिज भएको छ। डिसेम्बर २३ मा रिलिज हुने यो चलचित्र हरियाणाका महावीर सिंहको यथार्थ कथामा आधारित छ। जसका दुई छोरी हुन्छन्, गीता र बबिता। महावीरले पहिले छोरा जन्मिने र रेस्लिङमा गोल्ड मेडल जित्ने सपना देखेका हुन्छन्, जुन पहिले महावीरको आफ्नो सपना थियो। तर, उनका दुवै छोरी जन्मिन्छन् र बाबुको सपना पुरा गर्छन्। आमिर तिनै छोरीलाई विश्वचर्चित रेस्लर बनाउन तालिम दिने बाबुको भूमिकामा छन्।
नितेश तिवारी निर्देशित चलचित्रमा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम, सुहानी भटनगरलगायतले अभिनय गरेका छन्।