सय वर्ष पहिलाका पुस्ताको कथालाई प्रस्तुत गरिएको नेपाली फिल्म ‘पुरानो पुस्ता’ को ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच निर्माणपक्षले चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरेको हो । मंसीर ३ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो चलचित्रलाई दीप सागरले निर्देशन गरेका हुन् । फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको भएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् ।
सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जिव पौडेलको लेखन र दीप सागरकै छायांकन छ । कार्यक्रममा बोल्दै निर्देशक दीप सागरले राप्तीका पहाडी जिल्लाहरुको रमणीय दृष्य फिल्ममा दर्शकले हेर्न पाउने बताए । ‘पहिलेका मानिसहरुले दैनिक गुजार्ने गरेका संघर्ष कथामा चित्रण गरिएको छ’, दीप सागरले भने, ‘नुन, तेल किन्न कहाँ जानुपर्दथ्यो र कतिसम्म दुःख गर्नुपथ्र्यो भन्ने कुरा फिल्ममा देखाइएको छ ।’ फिल्मका गीतहरुमा डमप्रकाश पुन, दीप सागर जिसी र कृष्णप्रसाद पौडेलको संगीत छ ।