करण जौहरको ब्लकबष्टर चलचित्र ‘कुछ कुछ होता है’ सन् १९९८ मा रिलिज भएको थियो । शाहरुख खान, काजोल, रानी मुखर्जीको त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र करण जौहरको पहिलो निर्देशित चलचित्र हो । जसमा सलमान खानको पनि विशेष भुमिका रहेको थियो । यो चलचित्र सन् १९९८ मा भारतीय बक्सअफिसमा सबैभन्दा बढी अर्थ संकलन गरेको चलचित्रको रुपमा लिने गरिन्छ भने इण्डियन चलचित्रको इतिहासमा ‘हम आप्के है कौन’ र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ पछि सर्वाधिक व्यापार गर्ने चलचित्रको रुपमा सुचिकृत छ । चलचित्र प्रेम, विछोड र पारिवारिक विषयवस्तुमा बनेको चलचित्रमा दुई बाल कलाकारहरुको भुमिका सशक्त रहेको थियो । यहाँहरुलाई स्मरण नै होला, दुई बाल कलाकारहरु सना सईद र परजान दस्तूरले चलचित्रमा निभाएको उत्कृष्ट अभिनयका कारण पनि चलचित्र कुछ कुछ होता हैलाई पनि थप उचाईमा पुराएको थियो । तिनै बाल कलाकार अहिले बलीउड चलचित्रमा धेरै बर्षको अन्तरालपछि सक्रिय देखिन थालेका छन् ।
सन् १९८८, सेप्टेम्बर २२ तारिखमा जन्मिएकी सना सईद अहिले २९ बर्षकी भइसकेकी छिन् । १९९८ मा चलचित्र ‘कुछ कुछ होता है’ बाट डेव्यू गरेकी उनले बाल कलाकारकै रुपमा २००० मा ‘हर दिल जो प्यार करेगा’ र ‘बादल’ मा अभिनय गरेकी थिइन् ।
सन् २०१२ मा उनले नायिकाको रुपमा करण जौहरकै निर्माणमा बनेको चलचित्र स्टूडेन्ट अफ द ईयरमा काम गरेकी थिइन्, जुन अपेक्षाकृत सफल भएको थियो ।
त्यस्तै सन् १९९२, नोभेम्बर ३० ताखिरमा जन्मिएका परजान दस्तूर अहिले २३ बर्षका भएका छन् । सन् १९९८ मा चलचित्र ‘कुछ कुछ होता है’ बाट डेव्यू गरेका उनले त्यसपछि बाल कलाकारकै रुपमा २००० मा ‘मोहब्बतें’ र २००१ मा ‘जुबैदा’ मा काम गरेका थिए ।
त्यसपछि सन् २००७ मा उनले नायकको रुपमा चलचित्र ‘परजानिया’ बाट डेव्यू गरेका थिए । उनले अभिनय गरेको नयाँ चलचित्र ‘ब्रेक के बाद’ सन् २०१० मा रिलिज भएको थियो ।