अभिताभ बच्चन ७४ वर्षका भए । तर, अहिले पनि उनलाई कामको कमी छैन । अबको साढे एक वर्षसम्म उनी पूरै व्यस्त हुनेछन् । उनी फिल्म, टिभी सो तथा विज्ञापन अभिनयमा व्यस्त हुनेछन् । तर, उनका छोराबुहारी अभिषेक र ऐश्वर्या भने विगत ६ महिनायता कामविहीन छन् । उनीहरूले कुनै प्रोजेक्ट साइन गरेका छैनन् । अमिताभले हालै ‘सरकार–३’ को सुटिङ सुरु गरेका छन् । आगामी फेबु्रअरीमा उनी आमीर खानसँग ‘ठग अफ हिन्दुस्तान’को सुटिङमा व्यस्त हुनेछन् । फिल्मबाहेक कौन बनेगा करोडपति र आज कि रात जिन्दगीको नयाँ संस्करणको टिभी सोमा पनि उनी व्यस्त हुनेछन् । यीबाहेक उनले थुप्रै एड गर्दै छन् । बुढेसकालमा पनि अमिताभ उत्तिकै व्यस्त छन् । उनको दाँजोमा उनका छोरा–बुहारी भने बेरोजगार भई घरमै थन्किइरहेका छन् ।