हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् । जुन सुन्दा एक पटक त तपाईलाई पनि विश्वास लाग्दैन । बलिउडका कतिपय सेलिब्रिटीहरु नांगै सुत्न रुचाउँछन् । तपाईले पनि यस्ता बानी भएका सेलिब्रिटीबारे कमै सुन्नु भएको होला ।
१. जोन अब्राहम
जोन अब्राहम बलिउडका हट एण्ड बोल्ड लुकिङ स्टारको रुपमा परिचित छन् । जोनको यो कुरा सुन्दा तपाई पनि अचम्मित पर्नु हुन्छ कि उनी रातमा नांगै सुत्न रुचाउँछन् । जोनले एक अन्तर्वार्तामा आफु नांगै भएर सुन्त रुचाउने बताएका थिए ।
२. ज्याकलीन फर्नानडेज
फिल्म ‘डिसुम’ मा जोन अब्राहमसँगै काम गरेकी ज्याकलिन पनि यस विषयमा पछाडि छैनन् । उनले अनुषा दाडेकरसँग गरेको अन्तर्वार्तामा आफू रातमा नांगै सुत्न रुचाउँने कुरा बताएकी थिइन् ।
३. पद्यालक्ष्मी
मोडल, लेखक, अभिनेत्री, टीभी होस्टेज तथा निर्माता समेत रहेकी पद्यालक्ष्मी पनि बेडमा नांगै रहन र सुत्न रुचाउँछिन् । उनी सहजरुपमा निदाउन यसो गर्ने गरेको बताएकी थिइन् ।
४. पुनम पाण्डे
भारतकी हट मोडल तथा एक्ट्रेस कुनै न कुनै तरिकाले मिडियामा चर्चामा आइनै रहन्छिन् । हालै पुनम पाण्डेको एक भिडियो भाइरल पनि भएको थियो । जसमा उनी एक युवतीसँग खेल खेल्दै गरेकी देखिन्थिइन् । पुनम पाण्डेले टिवइटरमा लेखेकी थिइन्, ‘नांगै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको राजकुमार भेटाउनु हुनेछ ।’ उनी रातमा नांगै भएर सुत्ने अर्थ पनि उनको यो टिवइटबाट थाहा हुन्छ ।
५. राखी सावन्त
राखीलाई नचिन्ने कमै होलान् । उनी अरुलाई टिप्पणी गरेर चर्चामा आउन चाहाने सेलिब्रिटीमा पनि गनिन्छिन् । एक अन्तर्वार्तामा र्यापिड फायर खेल्दै थिइन् उनले यसबारे खुलासा गरेकी थिइन् । उनलाई रातमा नांगै सुत्न मनपर्छ ।