बलिउडका दबंग सलमान खान र अभिनेत्री ऐश्वर्या रायको सम्बन्धलाई लिएर अझै पनि चर्चा हुने गर्छ । किन सलमान खानलाई छोडिन् त ऐश्वर्या रायले ? यो प्रश्नको जबाफ अझै पनि धेरै फ्यानहरु जान्न चाहान्छन् । ऐश्वर्याले यसै विषयमा खुलास गरेकी थिइन् । उनले सलमान खानसँग सम्बन्धमा रहँदाबारे आफ्नो अनुभवबारे बोलेकी थिइन् ।
सलमान खानसँग सम्बन्धमा रहँदा आफु जहिले पनि त्रासमा रहेको बताएकी थिइन् । सलमान खानले जहिले पनि आफ्नो चरित्रलाई लिएर प्रश्न उठाउने गरेको ऐश्वर्याले बताएकी थिइन् । रक्सीको नसामा सलमानले आफुल पिट्ने गरेको उनले बताएकी थिइन् ।
उनले त्यो कालो र डरलाग्दो रातलाई सम्झिदै भनेकी थिइन्,‘सलमान त्यो रात रक्सीको मातमा मेरो घरमा आएको थियो । उसले रातभर मेरो घरको ढोकामा हातले हानिरहेको थियो । मैले कुनै पनि जबाफ दिइन ।’
सलमान खानले ढोकामा हातले हान्दाहान्दै उनको हातबाट रगत बग्न थालेको थियो । अर्को दिन ऐश्वर्याका पिताले प्रहरीमा सलमान विरुद्ध मुद्धा दर्ता गराएका थिए ।
ऐश्वर्याले सम्बन्ध जोगाउन सलमानका लागि हरेक काम गरेको बताएकी थिइन् । तर, सलमान खानको रिस, मारपीट र शंका गर्ने बानीले नै ब्रेकअप भएको उनले बताएकी थिइन् ।
सलमान खानले उक्त घटना पश्चात धम्की समेत दिएको खुलासा गरेकी थिइन् । उक्त घटनाबारे सलमान खानले पनि स्वीकारेका थिए । सलमान खानका अनुसार ऐश्वर्याबाट उनी कमिटमेन्ट चाहान्थे तर ऐश्वर्या यसबारे गम्भिर थिइनन् । यसै कारण ब्रेकअप भएको उनको भनाइ रहेको थियो ।