अक्टुबर २३ मा जन्मिएका चर्चित अभिनेता प्रभाषको जन्मदिनको पूर्वसन्ध्यामा उनको बहुप्रतिक्षित फिल्म ‘बाहुबली २ : द कन्क्लुजन’ को पहिलो पोस्टर रिलिज गरिएको छ।
मुम्बईमा आयोजित जिओ मामी फिल्म फेस्टिभलमा फिल्मको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको थियो। एसएस राजामौली निर्देशित फिल्मको पोस्टरमा प्रभाष एक्लै देखिन्छन्। मुल तामिल र तेलेगुमा निर्माण भइरहेको फिल्म ब्लकबस्टर फिल्म ‘बाहुबली’ को सिक्वेल हो।