संजय दत्त मुम्बईको पाली हिल इलाकामा बस्दछन् । उनकी श्रीमती मान्यता दत्तले उनको घरका केही फोटो सोसल मिडियामा सेयर गरिसकेकी छिन् । यसमा संजय दत्तको लिभिङ एरिया, डाइनिङ एरिया स्पष्ट रुपमा देख्न सकिन्छ । ड्राइंग रूममा संजय-मान्यताको फोटोसँगै गिटार राखिको छ, जो उनको संगीतसँगको प्रेम दर्शाउँछ । एक कोठामा संजयको शैडो पेंटिंग छ ।
एक अन्य फोटोमा संजय आफ्नो बच्चासँग फर्शमा बसेर कुरा गर्दैछन् । डाइनिंग एरियाको डार्क थीममा मान्यताले सजाएको मरून, ब्राउन रंगको प्रयोग गरिएको छ । राउंड टेबल, भित्तामा पेंटिंग र ग्लास वर्कको नजिक संजयका माता-पिता ‘नरगिस-सुनील दत्त’ को ब्ल्याक एण्ड वाइट फोटोले अझ आर्कषक लुक दिएको छ ।