चाँडै ५१ बर्षमा लाग्न लागेका बलीउडस्टार सलमान खान अहिलेसम्म अविवाहित नै छन् । उनलाई हरेक चोटी यही मात्र प्रश्न गरिन्छ कि विवाह कहिले गर्ने ? तर उनी यसलाई विभिन्न बाहना गर्दै टार्दै आइरहेका छन् । सलमानको धेरैजनासँग ‘अफेयर’ चल्यो, तर कसैसँग पनि विवाह हुन सकेन । कतिसम्म भने कार्ड छापिएको विवाह पनि बीचैमा रोकियो । तर, अब त कतिसम्म भयो भने सलमान कुनै नयाँ युवतीसँग देखिए भने सीधै प्रश्न गरिन्छ– के तिनै युवतीसँग विवाह गर्दै छन् सलमान ?
तर, खासमा किन विवाह गरेका छैनन् त सलमानले ? यसबारे पनि अनेक अड्कलबाजी गरिएको छ । तर, यसबारे केही दिनअघि मात्र सलमान आफैले जवाफ दिएका छन् ।
सलमानले भने, ‘विश्वमा सबैभन्दा रोमान्टिक मान्छे मै हुँ । तर, मलाई औँठीसँग डर लाग्छ । त्यही भएर पनि मैले विवाह गरेको छैन । विवाहसँग पनि डर लाग्छ ।’