बलीउड जसरी नै साउथ इण्डियन सिनेमासँग जोडिएका केही स्टार्स पनि लग्जरी कारका शौखिन छन् । अब ‘बाहुबली’ फेम प्रभासलाई नै हेर्नुस् न, उनी ८ करोड भारतीय मुल्य पर्ने ‘रोल्स रोयस’ चलाउँछन् । २३ अक्टूबर १९७९ मा जन्मिका प्रभास तेलुगु फिल्मका यस्ता एक्टर हुन्, जसले ‘बाहुबली : द बिगनिंग’ बाट हिन्दी अडियन्सको बीच पनि आफ्नो खास उचाई बनाइसकेका छन् ।
प्रभासलाई खासगरि तेलुगु सिनेका स्टार भनेर चिनिन्छ । साल २००२ मा फिल्म ‘ईश्वर’ बाट उनले डेव्यू गरेका थिए । त्यसपछि उनले राघवेंद्र’ (2003), ‘वर्षं’ (2004), ‘चक्रम’ (2005), ‘योगी’ (2007), ‘एक निरंजन’ (2009), ‘रेबेल’ (2012) र ‘बाहुबली : द बिगनिंग’ (2015) जस्ता कयौं तेलुगु फिल्ममा काम गरेका छन् ।