तेलेगु फिल्म अभिनेता प्रभासलाई ‘बाहुबली’ फिल्मले बलिउडमा परिचित गराएको हो । उनलाई प्रभासभन्दा पनि बढी बाहुबली नामले चिन्ने गरिएको छ । ‘बाहुबली’ को सफलतापछि उनले एउटा फिल्ममा अभिनय गरेबापत २० करोड भारु पारिश्रमिक लिन थालेका छन् ।
प्रभासको पूरा नाम प्रभास राजु उप्पलापति हो । सन् १९७९ को अक्टोबर २३ मा जन्मिएका प्रभासले सन् २००२मा ‘ईश्वर’ नामक तेलेगु फिल्मबाट करिअर सुरु गरेका हुन् ।
ईश्वरपछि उनका ‘छत्रपति’, ‘बिल्ला’, ‘एक निरञ्जन’, ‘डार्लिङ’, ‘रिवेल’ र ‘मिर्ची’ फिल्म दर्शकमाझ आइसकेका छन् । उनले बलिउडको फिल्म ‘एक्सन ज्याक्सन’मा केमियो रोल गरेका थिए । अब उनको बहुप्रतीक्षित ‘बाहुबली–२’ अप्रिल १४ मा रिलिज हुँदै छ ।