फिल्म ‘ऐ दिल है मुश्किल’ मा पहिलो पटक रनवीर कपूर र ऐश्वर्या रायसँगै काम गरेका छिन् । दिपावलीमा प्रदर्शन हुन लागेको यो फिल्मको चर्चा छायाँकन अगावै देखी नै खुबै थियो । हालै भएको एक म्यागाजिनसँगको अन्तर्वार्तामा ऐश्वर्या रायले आश्चर्य लाग्दो कुराको खुलासा गरेकी छिन् ।
ऐश्वयाले फिल्मको सुटिङको क्रममा उनकी छोरी आराध्यालाई पछाडिबाट अँगालो हाल्दै ‘पापा’ भनेको बताएकी छिन् । ऐश्वर्याका अनुसार रनबीर कपुरले अभिषेक बच्चनले लगाउने जस्तै ज्याकेट र टोपी लगाएका थिए । जब ऐश्वर्याले आराध्यालाई यसबारे सोधिन् तब आराध्याले आफ्नो बुवा अभिषेक भनेर अगाँलो हालेको बताएकी थिइन् । ऐश्वर्याका अनुसार आराध्या रनवीरलाई अकंलभन्दा पनि ‘आरके’ भन्न रुचाउँछिन् ।