निर्देशक मन्सुर खान हालै यो खुलासा गरेका छन् कि आमिर खानले सन् २००० मा आएको फिल्म ‘जोश’मा शाहरुख खानको भूमिका कारण फिल्म खेल्न अस्वीकार गरिदिएका थिए ।
मन्सुरले यो कुरा १८ औं मुम्बई फिल्म फेस्टिबलमा खुलासा गरेका हुन् । उनका अनुसार उनलाई अहिले पनि लाग्छ कि फिल्मका लागि आमिर र शाहरुख नै पर्फेक्ट नायक थिए ।
फिल्म ‘जोश’मा आमिर खानलाई राहुलको रोल अफर गरिएको थियो, जसलाई चन्द्रचुड सिंहले निभाएका थिए । वास्तवममा आमिर खान फिल्ममा शाहरुखलाई दिएको क्यारेक्टर गर्न चाहन्थे ।
मन्सुरकाअनुसार आमिर त्यो रोल यसकारण पनि गर्न चाहन्थे कि उनी आफ्नो रोमान्टिक हिरोको रोलबाट बाहिर निस्कन चाहन्थे । यसका साथै शाहरुख खान मैक्स वाला भूमिका काफी दमदार थियो । त्यसैले आमिरको आँखामा पनि त्यसैमा थियो ।