आजबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘राधा’ को बिहिबार दिउँसो काठमाडौं रहेको बिग मुभिजमा विशेष प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा चलचित्रका नायक जीवन लुइँटेल, नायिका सञ्चिता लुइँटेल, निर्देशक योगेश घिमिरे लगायत अन्य निर्माण यूनिटको बाक्लो उपस्थिती रहेको थियो ।
त्यस्तै प्रिमियर शोमा अभिनेता सरोज खनाल, निर्देशक नरेश पौडेल, विकास आचार्य, सुदर्शन थापा, ज्ञानेन्द्र देउजा, बरिष्ठ कलाकार बसुन्धरा भूषाल, नायिका पूजा शर्मा लगाउत सहभागी थिए । चलचित्र हेरिसकेपछि चलचित्रकर्मी तथा पत्रकारहरुले मिश्रित प्रतिक्रिया दिएका थिए ।
अधिकांशले चलचित्रमा नायक जीवन र सञ्चिताको जोडीलाई निकै मनपराएका छन् । यो चलचित्रमा विष्णुमणि दाहाल र सुशील कार्कीको संयुक्त लगानी रहेको छ । चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा मनकृष्ण महर्जनको छायाँकन छ ।