आफ्ना पतिले सना खानसँग हट सिन दिएकोमा अभिनेता गुरमित चौधरीकी पत्नी देबिना बनर्जी निकै रुष्ट भएकी छिन् । ‘बजह तुम हो’ नामक फिल्मको ट्रेलरमा गुरमित र सनाको अन्तरंग दृश्य देखेर देबिना आगो भएकी हुन् ।
फिल्ममा केही ग्ल्यामरस र अन्तरंग दृश्य रहेको थाहा भए पनि देबिनाले गुरमितले त्यति धेरै हट सिन दिए होला भन्ने कल्पना पनि गरेकी थिइनन् रे । त्यसैले ट्रेलर सार्वजनिक भएदेखि नै देबिना तनावग्रस्त रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बजह तुम हो सरमन जोशी, गुरमित र सना प्रमुख भूमिकामा रहेको ‘लो बजेट’ फिल्म हो ।
अचम्मको कुरा त के छ भने गुरमितपत्नी देबिना आफैँ पनि अभिनेत्री हुन् । उनको फिल्म तथा टेलिभिजनमा राम्रै परिचय छ । उनले पतिका हटसिन देखेर त्यत्ति धेरै ‘डिस्टर्ब’ हुनपर्ने कारणचाहिँ देखिँदैन ।