केही बर्षदेखी नेपाली चलचित्रको पर्दामा नदेखिएकी नायिका उषा पौडेल र हाल अमेरिकामा रहेका नायक दीलिप रायमाझीले अभिनय गरेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंसीरमा अभिनेता सुधांशु जोशीसँग लगनगाँठो कस्न लागेकी उषाले धेरै बर्षपछि म्यूजिक भिडियोमा अभिनय गरेकी हुन् ।
अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार कुमार दुमी राईको ‘अपेक्षा’ नामक गीति एल्बममा समाबेश ‘रमाउँछु जुन’ बोलको गीतमा नायक दीलिप रायमाझी र नायिका उषा पौडेलले प्रेमको कुरा गरेका छन् । कुमार दुमी राईको स्वर रहेको गीतमा क्रिश रिजालको शब्द र महेश खड्काको संगीत रहेको छ । प्रशन्न पौडेलले निर्देशन गरेको सार्वजनिक भिडियोमा उषा र दीलिपको जोडी निकै सुहाएको देख्न सकिन्छ ।