‘ब्रिटेन’ की टिभी सीरियल्समा काम गर्ने गरेकी ३८ वर्षीय क्रिस्टी ब्ररैनिंगले आफ्नो सुगरको लतको बारेमा मिडियालाई बताएकी छिन् । उनले भनेकी छिन्, ‘ति दिनमा म कोका-कोला ड्रिंकको सात क्यान पिउँथें ।’ ब्ररैनिंगले बताइन् कि आफ्नो यो बानीका कारण उनीले पाँच दाँत गुमाउनु परेको थियो । क्रिस्टी १५ सालदेखी दैनिक सात कोल्ड ड्रिंकको क्यान पिइरहेकी थिइन् । उनको यो लत यहाँसम्म पुगेको थियो कि ति रातमा कयौं पटक कोल्ड ड्रिंक पिउँथिन् र विहान नास्तासँग पनि ।
ब्ररैनिंगले भनेकी छिन् कि उनको डाक्टरले उनलाई धेरै पटक कोल्ड ड्रिंक नपिउन सल्लाह दिएका थिए तर उनले डाक्टरको कुरा पनि मानेकी थिइनन् । जसको फलस्वरुप उनले पाँच दाँत गुमाउनु पर्यो । ब्ररैनिंगले आफ्नो दुख मीडियाको अगाडी भन्दै गर्दा भनिन्, ‘निकै दर्दनाक समय थियो, म कोका-कोलाको लतमा पूरै डुवेको थिएँ ।’