सन् १९७० को दशकी चर्चित अभिनेत्री जया बच्चन आजकल फिल्महरुको आलोचना गर्न थालेकी छिन् । जया भन्छिन्,‘कुनै समय थियो जब फिल्म निर्देशकहरु केबल कला बनाउने गर्थे तर आज भने बिजनेशको लागि सबै मर्यादा नाग्ने काम गर्छन् ।’
फिल्म ‘ऐ दिल है मुस्किल’ मा अभिनेता रणवीर कपुर र अभिनेत्री ऐश्वर्याको बोल्ड सिन दिएका छन् । बुहारी ऐश्वर्यालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा निशानामा राख्दै जयाले पछिल्ला समय बनेका फिल्महरुमा लाज भन्ने कुरा हराएको बताएकी छिन् ।
जयाका अनुसार फिल्ममा आफ्नोपन भन्दा पनि पश्चिमी सस्कृति हाबी भएको उनको दाबी छ । उनले भनिन्,‘मलाई थाहा छैन किन यस्तो भइरहेको छ । हुनसक्छ उनीहरु धनी देशको रहनसहनलाई लिएर के सोच्छन् ।’
उनका अनुसार भारत पनि प्रगतिशील राष्ट्र भएको र अरुबाट कपी गर्नुको सट्टा आफ्नोपनलाई महत्व दिनुपर्छ ।