ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले २६ अक्टोबरमा आफ्नो ३८ औं जन्मदिन मनाएकी छिन् । यस दौरान उनलाई शुभकामना दिन बलिउडका कयौं स्टारहरु पुगेका थिए ।
जसमा सोनाली बेन्द्रे, गायत्री ओबरोय, नन्दिता महतानी, जायद खान र सुजैनकी बहिनी फराह अली खान पनि सहभागी थिइन ।
तर, सुजैनको वर्थ डेमा पूर्वपति ऋतिक रोशन र उनका छोराहरु देखिएनन् । सुजैनले इन्स्ट्राग्राममा आफ्नो वर्थ डेको तस्विर सेयर गरेकी छिन् । जसमा उनका साथी र भाई जायद खान पनि देखिएका छन् ।
बलिउडको सबैभन्दा लभ कपल मानिने ऋतिक र सुजैनको सम्बन्ध विच्छेद भइसकेको छ । सुजैनका दुई बच्चा रिहान र रिदान ऋतिक रोशनसँग बसिरहेका छन् ।