अभिनेत्री दीपिका पादुकोण आफ्नो परिवारको साथ यस बर्षको दीपावली मनाउनका लागि बंगलुरू जाने भएकी छिन् । उनले बताएकी छिन् कि हरेक बर्षको तिहार उनका लागी खास हुने गर्छ । दीपिकाले भनिन्, ‘दीपावली सुख र शान्तीको पर्व हो र सधै हाम्रो लागि खास छ । त्यसैले मैले पद्मावतीको शूटिंग शुरू गर्नुभन्दा पहिला परिवारसँग समय विताउने फैसला गरेकी छु ।’
दीपावलीपछि दीपिका चाँडै संजय लीला भंसालीद्वारा निर्मित फिल्म पद्मावतीमा देखाइदिने छिन् । यसभन्दा पहिला उनी ‘गोलियों की रासलीला राम-लीला’ र ‘बाजीराव मस्तानी’ जस्ता फिल्ममा देखिसकेकी छिन् । पद्मावतीमा अभिनेता रणवीर सिंह र शाहिद कपूर जस्ता कलाकारहरुको मुख्य भुमिका रहेको छ ।