बलिउड अभिनेत्री प्रियंका चोपडाबारे नयाँनयाँ खुलासा आउन थालेका छन् । यस्तै, पछिल्लो समय उनीबारे आएको एउटा समाचारले निकै चर्चा पाएको छ । समाचार हो– उनी आफ्नो जीवनशैलीमा कुनै कम्प्रोमाइज गर्न तयार छैनन् र आफूलाई आराम दिन अत्यन्त धेरै ध्यान दिन्छिन् ।
हलिउड फिल्म सुटिङमा क्यानडामा अत्यन्त महँगो फ्ल्याटमा बसेकी प्रियंकाले केही दिनअघि मात्र न्युयोर्कमा सुविधासम्पन्न अपार्टमेन्ट लिएकी छिन् । तर, यता मुम्बईमा उनले केही समयअघि लिएको बंगलाको मर्मत पनि सुरु भइसकेको छ ।
त्यसका लागि उनले एउटा महँगो बिल्डरसँग सम्झौता गरेको भारतीय पत्रपत्रिकाले समाचार बनाएका छन् । उनले घर मर्मत गर्दा सबै सुविधा राख्न पनि निर्देशन दिएकी छिन् । समाचारमा आएअनुसार उनी त्यसका लागी १०० करोड खर्चिन तयार छिन् ।