कपिल शर्मा इण्डियाको टप कमेडियन मध्ये एक हुन् । उनको ‘द कपिल शर्मा शो’ अहिले दर्शकहरु माझ निकै लोकप्रिय छ । यसको अलवा, उनले भारतीय बक्स अफिसमा हिट फिल्म किस किसको प्यार करूं पनि दिइसकेका छन् । तर के तपाई एउटा कुरा थाहा छ ? कपिल शर्मा टिभीमा एक एपिसोडको लागी ६० देखी ८० लाखसम्म पारिश्रमिक लिने गर्छन । यो पारिश्रमिक अहिलेसम्म कुनै पनि कमेडियनले प्रति एपिसोड लिने गरेका छैनन् ।
टिभी शोबाट मात्र होइन कपिल लाइभ स्टेज शोबाट पनि राम्रो आम्दानी गर्ने गर्छन । रिपोर्ट्सका अनुसार, उनी सोलो स्टेज परफर्मेन्सकोे लागि करिब ७५ लाख लिने गर्छन । यदी कपिल शर्माको वर्तमान सम्पत्तीको कुरा गर्ने हो भने ६० करोडभन्दा माथीको रहेको अनुमान छ । उनी बर्षमा सरकारलाई ट्याक्स मात्र १५ करोड तिर्ने गर्छन, जुन रकम बलीउडस्टार सलमान खानपछि दोस्रो हो ।