४७ बर्षका भइसकेका बलीउडस्टार अजय देवगनको मोस्ट अवेटेड फिल्म ‘शिवाय’ शुक्रबारबाट रिलिज भइसकेको छ । फिल्म ‘शिवाय’ रिलिज हुनुभन्दा अगाडी यसको ट्रेलरले राम्रै तहल्का पिटिरहेको थियो । ट्रेलरमा अजय एक्शन गर्दै गरेको अबस्थामा देखिएका थिए । फिल्मको ट्रेलरमा अजय कारबाट जम्प गर्दै गरिरहेको अबस्थामा पनि देखिएका थिए । जसरी तसरी कारको कुरा आएपछि एउटा कुरा बताइदिउँ कि अजयको आफ्नै निकै महँगा लग्जरी कारहरु छन् । उनी कारमा निकै शौखिन छन् । खबरका अनुसार, उनी बजारमा कुनै लग्जरी कार आए किन्ने पनि गर्छन । उनको कार कलेक्शनमा करीब २.८ करोड भारतीय रुपैयाँको Maserati Quattroporte कार छ ।
खबरका अनुसार, Maserati Quattroporte कार किन्ने अजय देवगन पहिलो भारतीय व्यक्ति हुन् । उनले यो कार २००६ मा किनेका थिए । उनीसँग यो मात्र होइन रेन्ज रोवर, मर्सिडीज र बीएमडब्ल्यू जस्ता कारहरु पनि छन् ।