एक समयकी सफल अभिनेत्री हुन् विपना थापा । तर अहिले उनको चलचित्रहरु हेर्न नपाएको पनि दर्शकहरुले लामै समय भइसकेको छ ।
खबरका अनुसार अब विपना थापाले नेपाली चलचित्र खेल्ने सम्भावना निकै न्यून छ । एक छोराकी आमा समेत भइसकेकी विपना अहिले भारतको मधुरामा बस्दै आइरहेकी छिन् ।
२००८ मा भारतीय नागरिक तथा यूवा कांग्रेस मथुरा लोकसभाका अध्यक्ष समेत रहेका आशुतोष भारदवाजसँग बिहे गरेपछि उनी नेपाली चलचित्रमा सक्रिय छैनन् ।
प्राय नेपाल आइरहने विपनाको मथुरामा आलिसान महल छ, जहाँ विपना थापाको साथमा श्रीमान र एक छोरा बस्छन् । हालै उनले दीपावलीको शुभकामना दिँदै आफुले सजाएको घरको फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छिन्, जुन फोटोमा विपना थापाको घर निकै आलिसान देख्न सकिन्छ ।
उनले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता चलचित्रमा अभिनय गरेकी थिइन् । उनको पहिलो चलचित्र ‘जन्मभूमि’ २०५३ सालमा सार्वजनिक भएको थियो ।
नायिका थापाले गएको बर्ष नेपालमा गएको महाभूकम्पको बेला भारतबाट नै ल्याएर भूकम्प पीडितहरुलाई २ सय लिटर तेल, पाँच क्विन्टल चामल, पाँच सय किलो दाल र चिनी, नून दुई क्विन्टल, साबुन चार पाँच कार्टुन र बालबालिकाहरुका लागि आवश्यक खाजाका रुपमा बिस्कुटहरु वितरण गरेकी थिइन् ।