अधिकांश नेपाली चलचित्रका नायिका तथा मोडलिङ्गमा व्यस्त मोडलहरुले विदेशी युवाहरुसँग बिहे गरेका देखिन्छन् । मोडल तथा नायिकाहरुको रोजाईमा नेपालका युवासँग प्रेम गरे पनि बिदेशी युवाहरुसँग बिहे गरीरहेका छन् । आज हामी यस्ता केही नेपाली नायिकाहरुको विषयमा कुरा गर्दै छौ जसले विदेशी जीवन साथी रोजेका छन् ।
गरीमा पन्त : झोला फिल्मबाट निकै चर्चामा आएकी नायिका गरीमा पन्तले बेल्जियमका एनआरएन सँग सुटुक्क बिहे गरीन् । बेल्जियम पुगेर घरजम गर्न थालेकी गरीमाले हरी शर्मा थपालीया सँग बिहे गरेकी हुन् । करीब २ बर्ष अघि उनिहरुको भेट युरोपमा भएको थियो ।
रीमा बिश्वकर्मा : मोडलिङ्ग क्षेत्रबाट करीयर सुरु गरेर नायिकाको रुपमा चिनिन सफल रीमा बिश्वकर्माले पनि बिदेशी युवालाई नै जीवन साथी रोजेकी छिन् । नेपाली युवकको सँगको प्रेममा परेपनि रीमा बिश्वकर्माले बिहे गर्दा चाँहि एनआरएन लाई नै रोजेकी छिन् । उनले युके को एनआरएन सँग बैबाहिक सम्बन्धमा बाँधेकी हुन् ।
सिम्पल खनाल : मोडल सिम्पल खनालले पनि यसै बर्ष बिहे गरेकी छिन् । मोडल खनालले युकेका एनआरएन नदिन सँग बिहे गरेकी हुन् । म्युजिक भिडियोका निर्देशक प्रशन्न पौडेल सँग सम्बन्ध बिच्छेद गरेकी सिम्पलले नदिनलाई दोस्रो श्रीमानको रुपमा रोजेकी हुन् ।
खुश्बु ओली : मोडल तथा प्रहरी ईन्काउन्टरमा चर्चीत डन दिनेश अधिकारी (चरी) मारीदा बिबादमा तानिएकी खुश्बु ओली पनि बैबाहिक बन्धनमा बाँधिएकी छिन् । उनले लण्डन निवासी सन्तोष कार्की सँग बिहे गरेकी छिन् । दिनेश अधिकारी मारीए सँगै बिरक्तिएर लामो समय लण्डन बस्दै आएकी खुश्बुले काठमाडौं फर्किएर सन्तोष सँग बिबाह गरेकी हुन् ।
जेनिशा मोक्तान : सन् २००९ की मिस नेपाल ताज बिजेता जेनिशा मोक्तानले पनि यसै बर्ष बिहे गरीन् । जेनिशा मोक्तान मिस नेपाल ताज बिजेता मात्र नभएर मोडल तथा भिजे पनि हुन् । जेनिशाले नेपालका सामसुङ मोबाईलका आधिकारीक बिक्रेता ईन्ट्रिग्रेटेढ मोबिलिटी सोलुशनका अध्यक्ष दिकेश मल्होत्र सँग बिहे गरेकी हुन् । दिकेश मल्होत्र नायिका प्रियंका कार्कीको मामाको छोरा हुन् ।
निश्चल र स्वस्तीमा : निर्देशक निश्चल बस्नेतले नायिका स्वस्तीमा खड्कासँग गएको बर्ष लगनगाँठो कसेका छन् । ‘लुट’ फिल्मबाट फिल्म ईन्डष्ट्रिमा प्रबेश गरेका निर्देशक निश्चलले होस्टेल रीटन्र्स फिल्मकी नायिका स्वस्तीमा सँग बैबाहिक सम्बन्धमा बाँधिएका हुन् ।
नेपाली नायिकाहरुको यस तथ्याङ्कलाई केलाउँदा नायिकाहरुले प्राय जसो एनआरएनलाई नै जीवन साथी बनाएका छन् । त्यस्तै पुर्व मिस नेपाल तथा नायिका झरना बज्रचार्यले पनि भारतीय मुलका मलेसियन ब्यापारी राहुल अग्रवाल सँग बिहे गरेकी थिईन् । नायिका हर्षिका श्रेष्ठले पनि भारतीय युवकलाई जीवन साथीको रुपमा रोजिन् । यस अघि नायिका रेजीना उप्रतीले पनि युकेका युवक सँग बिहे गरेकी थिईन् । नायिका बिपना थापाले पनि भारतीय मुलका युवकलाई नै जीवन साथी बनाईन् । सदाबहार नायिका करीस्मा मानन्धरको पति बिनोद मानन्धर पनि लण्डनमा नै बस्थे । सम्पुर्ण यस तथ्याङ्कलाई केलाउँदा नेपाली नायिकाहरुले नेपाली युवकहरु सँग प्रेममा परे पनि बिदेशी र एनआरएनलाई नै जीवन साथिको रुपमा रोज्ने गरेको देखिएको छ ।