नेपाली चलचित्रमा तीन दशकदेखि सक्रिय नायक राजेश हमालका लाखौ फ्यान छन् । उनलाई विभीन्न कोणबाट रुचाउनेहरुको संख्या धेरै नै छ । तर, नेपाली चलचित्रका अविवाहित नायिकाहरु हमाललाई कसरी चिन्छन् त ?
अनु शाह
नायक राजेश हमाल मलाई एकदमै मनपर्ने कलाकार हुनुहुन्छ । उहाँले चलचित्रमा जसरी संवाद वोल्नु हुन्छ त्यसको त म फ्यान हुँ । सिनेमाको पर्दामा उहाँले देखाउने हाउभाउ पनि खुवै मनपर्छ । मलाई उहाँको व्यक्तित्वले खुवै आकर्षण गरेको । उहाको आँखा साह्रै सेक्सी छ । हेर्ने वित्तिकै मोहनी लगाउनुहुन्छ जस्तो लाग्छ मलाई त । उहाँ सुट र पाईन्टमा खुवै ह्यान्डसम देखिनुहुन्छ । लामो समयदेखि नेपाली सिनेमा क्षेत्रलाई हाकेकोले उहाँलाई महानायक भनिएको होला जस्तो लाग्छ मलाई । उहाँको प्रेमीका बनेर काम गर्ने खुबै ठुलो रहर छ ।
बेनिशा हमाल
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको धरोहर हो । उहाँको म सानैदेखिको ठुलो फ्यान हुँ । उहाँले सिनेमाको पर्दामा आफ्नो भुमिकालाई धेरै नै ख्याल गर्नुहुन्छ । उहाँलाई सुटिङमा आउँदा बाहीरी कुराले खासै प्रभाव पार्दैन । टेक नभएको समयमा पुस्तक पढेर बस्ने उहाँको बानी साह्रै राम्रो लाग्छ । उहाँको व्यक्तित्व, आम मानिससँग बोल्ने तरिका र आफुलाई जुन तबरबाट उहाँले मेनटेन गरीरहनु भएको छ, यसबाट म धेरै नै आकषिर्त रहेको छु । उहाँको आँखा साह्रै सेक्सी लाग्छ । राजेश हमाललाई सेतो कुर्ता खुबै सुहाउँछ । तर, उहाँले आजसम्म यो पहिरन लगाएको मैले थाहा पाएको छैन । मलाई उहाँको प्रेमिका भएर काम गर्न मन लागेको छ । आशा छ यो मेरो सपना पनि चाँडै नै पुरा हुनेछ ।
बिनिता बराल
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको महानायक हुनुहुन्छ । उहाँले धेरैलाई नायिका, निर्देशक र निर्माता बनाईदिनुभएको छ । सिनेमा क्षेत्रलाई तीस दशकदेखि निरन्तर हाकेर आएकाले उहाँलाई महानायक भनिएको हो जस्तो लाग्छ । उहाँको पर्सनालिटी र व्यवहार साह्रै मनपर्छ मलाई । उहाँसँग बोल्न थालेपछि बोलेको बोलै गरुँ जस्तो लाग्छ । हमाल जीको सेक्सी अंग उहाँको उचाई हो । अग्लो ज्यानमा सुट वुट लगाएर सजिदा हेरेको हेरै हुन्छु म त । मेरो आधुनीक ड्याडि भनेर चलचित्रको पर्दामा म सबैलाई चिनाउन चाहन्छु ।