पछिल्लो पुस्ताकी नायिका रेखा थापाका लागि कलाकारसँग सम्बन्ध बिगार्नु कुनै नौलो कुरा होईन । रेखा थापाले धेरै अभिनेताहरुसँग सम्बन्ध तोडेकी छिन् । रेखासँग सम्बन्ध बिग्रीएका अभिनेताहरुको बारेमा थाहा पाउन तल प्रस्तुत सामाग्री अध्ययन गर्नुहोस् ।
रेखा थापा र निखिल उप्रेती
अभिनेत्री रेखा थापाको पहिलो विवाद अभिनेता निखील उप्रेतीसँग भएको थियो । हामी तिन भाई, निखील दाई, क्रोध, धड्कन ,अभिमन्यु लगायतका चर्चित फिल्ममा काम गरेको यो जोडीको मित्रता एकाएक खलबलिएपछि सबैले आश्चर्य जनाएका थिए । पर्दामा उनीहरुको जोडीलाई दर्शकले भरपूर माया र साथ दिएका थिए । यहि कारण रियल लाईफमा पनि उनीहरुको सम्बन्ध बिग्रीएको हेर्न चाहनेहरु बिरलै थिए । सिने क्षेत्रमा निरन्तर सक्रीय रेखा र लामो समयपछि फिल्म भैरव मार्फत अभिनयमा फर्कीएका निखीललाई फेरि पनि केहि निर्माता र निर्देशकले उनीहरुलाई एक साथ ल्याउने प्रयास गरिरहेका छन् । धेरैले उनीहरुको सम्बन्ध सुध्रिने र पर्दामा सँगै देख्न पाईने आशा गरेका छन् ।
रेखा थापा र विराज भट्ट
अभिनेता निखील उप्रेतीसँग सम्बन्ध बिगारेर रेखाले विराजलाई साथी बनाईन् । तर उनले बिराजसँगको सम्बन्धलाई पनि लामो समयसम्म अघि बढाउन सकिनन् । उज्जवल घिमीरेको निर्देशनमा बनेको फिल्म किस्मतको रिलिज पछि उनको विराजसँग पनि सम्बन्ध बिग्रीएको थियो । रेखा र विराजले बाटुली, नसिब आफ्नो लगायतका फिल्ममा सँगै काम गरेका छन् ।
रेखा थापा र आर्यन सिग्देल
रेखाले विराजसँग सम्बन्ध बिग्रीएपछि आर्यन सिग्देलसँग सम्बन्ध राम्रो बनाईन् । तर फिल्म किस्मतको रिलिजसँगै उनीहरुको सम्बन्ध पनि पूर्णरुपमा सकिएको थियो । रेखाले नै आर्यनलाई सिने क्षेत्रमा प्रवेश गराएकी थिईन् । यहि कारण उनी आर्यनलाई आफूले जन्माएको सन्तान पनि भन्ने गर्छिन् । आर्यनसँग पनि रेखाको सम्बन्ध लामो समयसम्म टिक्न सकेन । उनीहरुले किस्मत, कसले चोर्यो मेरो मन, हिफाजत लगायतका फिल्ममा काम गरेका छन् । सम्बन्ध बिग्रीएपछि आर्यन र रेखाले सकेसम्म एकअर्काको ओलोचना पनि गरेका थिए ।
रेखा थापा र आयुष रिजाल
आर्यनसँग सम्बन्ध बिग्रीएपछि उनको निकटता अभिनेता आयुष रिजालसँग बढेको थियो । उनले आयुषलाई फिल्ममा आर्यनको साटोमा ल्याएको हल्लाहरु पनि फैलिए । तर आयुषले आर्यनको जस्तो सफलता पाउन भने सकेनन् ।