भारतीय टेष्ट क्रिकेट कप्तान विराट कोहली र अनुष्का शर्मा लामो समय पछि सँगै देखिएका छन् । यो जोडी यसअघि धेरै पटक सँगै देखिएको थियो । ब्रेकअप भएको चर्चापछि भने सँगै देखिएको यो पहिलो पटक हो । दिपावलीको राति गोवामा भएको इण्डियन सुपर लिग फुटबल प्रतियोगितामा एफसी गोवा भर्सेस डायनामोजको खेलमा उनीहरु दुवै जना आफ्नो टिम एफसी गोवाको हौसला बढाइरहेको अवस्थामा देखिएका थिए ।
एफसी गोवामा विराट कोहलीको १२ प्रतिशत साझेदारी रहेको छ । अनुष्का एक सुन्दर सेतो सलवार सुटमा देखिएकी थिइन । जसमाथि उनले सुनौलो दोपट्टा पहिरिएकी थिइन । विराट कोहलीले भने जिन्स तथा आफ्नो टिमको टिसर्ट लगाएका थिए । गत फ्रेबुअरीमा उनीहरुको अलग भएका थिए, बीचमा उनीहरुको प्याचअपको खबर सार्वजनिक भयो । तर, उनीहरु प्याचअपका खबरपछि लामो समय बितिसक्दा पनि सँगै देखिएनन् ।