कात्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भनिएको चलचित्र ‘द फेमस’ को रिलिज मिति पोष्टपोन्ड भएको छ । चलचित्रका निर्देशक समिर बलामीले एक विज्ञप्ती जारी गर्दै प्राविधिक कारणबस चलचित्रको रिलिज रोकिएको जानकारी दिएका छन् । विज्ञप्तीमा चलचित्र ‘द फेमस’ मंसीर ३ गतेबाट प्रदर्शनमा आउने पनि जानकारी दिइएको छ । प्राविधिक कारणसँगै समय अभावका कारण चलचित्रको सेन्सर हुन नसकेको भन्दै भारतिय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण पनि यसको कारण रहेको निर्देशक बलामीले बताए ।
चलचित्र वितरणको जिम्मा लिएका वितरक सुनिल मानन्धरले पनि ‘द फेमस’ मंसीर ३ मा रिलिज हुने आधिकारीक जानकारी दिएका छन् । त्रिकोणात्मक प्रेमकथा भनिएको चलचित्रमा सविना कार्की, प्रमोद खड्का, सुमन थापा, सोनिया जिआर, सुरवी जैन विष्ट, रश्मि भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।