हलीउड गायिका वियोन्सको चर्चा हलपल हुने गर्छ । उनले लगाउने पहिरनको चर्चा त अझ प्राय सधै हुन्छ । उनको पारदर्शी लुगा र सेक्सी लुक्समा मोहित हुने जो कोहिँ छन् । त्यस्तै एकपटक फेरी गायिका वियोन्स चर्चामा आएकी छिन् । कारण हो, वुधबार राती आयोजित ‘५० औं बाषिर्क सीएमए अवार्ड’मा उनले लगाएको पारदर्शी पहिरन ।
३५ बर्षकी यी विश्व चर्चित सुन्दरीले स्टेजमा आफ्नो धमकेदार प्रस्तुती दिइन् । जसले सिंगो कार्यक्रममा नै उनको चर्चा भयो ।
सेतो पारदर्शी पहिरनमा स्टेजमा पुगेकी यी गायिकाले आफ्नो कामुकता र कलाले दर्शक र अन्य सेलिब्रेटीको ध्यान खिचिन् । क्लिभेज शो गर्दै सेक्सी पहिरनमा उनी स्टेजमा पुगिन् र आफ्ना चर्चित गीत प्रस्तुत गरिन् ।