चलचित्र ‘लब यू बाबा’ निर्देशन गरेपछि विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका निर्देशक सौगात विष्टले निर्देशन गर्ने दोस्रो चलचित्र ‘हैरान’ को छायाँकन आजबाट सुरु भएको छ । आज बिहान ललितपुरको यूनियन पार्क अगाडि मुहुर्त गर्दै छायांकन प्रारम्भ गरिएको हो । चलचित्रलाई मुक्ति घलेले निर्माण गर्दैछन् ।
सौगातकी आमान सम्झना पोखरेल विष्ट कार्यकारी निर्माता रहेको यो चलचित्रमा अभिनेता सरोज खनाल, नायक गजित विष्ट, नायिका निश्मा घिमिरे, गायक सत्यराज आचार्य, कलाकारहरु बुद्धि तामाङ ‘हैट’, पुष्कर रेग्मी, सागर लम्साल, बिनोद पौडेल र नव प्रस्तुतीको रुपमा आरोही शर्मा मुख्य भूमिका छ । कोरियोग्राफर गम्भिर विष्टले फिल्मको कथा लेखेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ ।