आजबाट सोलो रिलिजमा चलचित्र ‘द विनर’ ले प्रदर्शन आरम्भ गरेको छ । चलचित्र ‘द फेमस’ ले आफ्नो रिलज मिति पोष्टपोन्ड गरेपछि चलचित्र ‘द विनर’ ले सोलो रिलिजको मौका पाएको हो । तर पनि यो चलचित्रले नेपाली चलचित्र छक्का पन्जा, किस्मत २, राधासँगै बलीउडका दुई ठूला चलचित्र ए दिल है मुश्किल र शिवायसँग प्रतिस्पद्र्या गर्नु पर्नेछ । बलिउड तथा हलिउड फिल्मको स्तरीयता दिने प्रयास गरिएको चलचित्र ‘द विनर’ कहिल्यै हार्न नजान्ने एक युवकको संघर्षमा आधारित छ । फिल्मको छायांकन अष्ट्रेलिया, दुबई र नेपालमा गरिएको छ । चलचित्रल्ममा महेशमान श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ , अमित गिरी लगायतको मुख्य भूमिका रहेको छ ।
हिक्मत बिष्टको निर्देशन रहेको चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा बिकास खरेल, सुबोध ठकुरी, रितेश राणा, सृजना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्र ‘द विनर’ हलमा प्रदर्शन हुनु अगावै नै निर्माण पक्षले भने बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘द विनर २’ को घोषणा गरेको छ ।