तरकारीवालीको नामले सामाजिक सञ्जालमा अहिले एक यूवती निकै भाइरल बनेकी छिन्, ति यूवती हुन् कुशुम श्रेष्ठ । गोर्खा वाङलिङकी कुशुम अहिले चितवनको माडीमा क्वेष्ट मोडल कलेजमा ११ कक्षा पढिरहेकी छन् । चितवनमा रहेका आफ्ना काकाको घरमा उनी बस्दै आएकी छन् । उनका बुवा आमाले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । दसैंतिहारको विदामा घर गोर्खा आएका बेला गोलभेंडा बेच्न फिस्लिङ आएकी थिइन् उनी । त्यही बेला पर्यटन ब्यबसायी रुपचन्द्र महर्जनले उनको पुल तर्दै गर्दाको तस्बिर खिचेर आफ्नो फेशबुकमा राखेका थिए । त्यसपछि उनको तस्बिर सामाजिक सञ्जालहरुमा भाइरल भनेको थियो ।
बुवा चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुशुमले घर आएका बेला बुवा आमालाई सघाउने गरेको बताइन् । पाकिस्तानमा चिया बेच्ने युवक अरसद खानको उदाहरण दिँदै तपाइलाई पनि चलचित्र खेल्ने वा मोडलिङ गर्ने प्रस्ताव आएमा गर्नुहुन्छ भन्ने प्रश्नमा उनले यस्तो कामको प्रस्ताव आएमा आफूले गर्ने बताइन् । अब उनले आफ्नो तस्बिर कसैलाई पनि खिच्न नदिने पनि बताएकी छिन् ।