निकै ‘हट एण्ड सेक्सी’ अन्दाजमा आफ्ना प्रशंसकहरुलाई चकित बनाउने सन्नी लियोनले एकपटक फेरी फ्यानहरुलाई चक्मा दिएकी छिन् । तर यसपटक भिन्न तरिकाले निकै डरलाग्दी देखिएर । वास्तवमा सन्नी लियोन डरलाग्दी देखिनुमा भिन्न कारण छ । उनले श्रीमान ड्यानीयल र अन्य साथीहरुसँग ह्यालोविन इभिनिङ मनाउने क्रममा यस्तो मेकअप गरेकी हुन् ।
ह्यालोविन पार्टीमा मस्ती गरिरहेका तस्बिरहरु इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । जहाँ बलिउडका थुप्रै हस्तीहरु दिपावाली पार्टी मनाउन साडी, कुर्तालगायतका पारम्परिक पहिरनमा सजिएका थिए भने सन्नी लियोनलाई भने भूत सवार थियो ।
सन्नीले आफ्ना विशेष साथीहरु र स्टाफका लागि जुहूस्थित घरमा ह्यालोविन पार्टी राखेकी थिइन् । क्यानडामा जन्मिएकी र हुर्किएकी सन्नी लियोनका लागि ह्यालोविन पार्टी निकै महत्वपूर्ण थियो । सन्नीको अनुहारमा निकै अचम्मको मेकअप थियो । अनुहारभरी काटिएको निशाना र टाउकोमा दुईवटा किला गाडिएको देखिन्थ्यो । यो विशेष दिनमा उनले जम्बी पेजन्ट क्विन ड्रेस लगाएकी थिइन् ।