हाल प्रदर्शन भइरहेको फिल्म ‘ऐ दिल है मुश्किल’ मा ऐश्वर्या राय बच्चनसँग गरेको रोमान्सका कारण चर्चामा आएका रणवीर कपुरले आफु बदनाम हुनुको पछाडि दुई अभिनेत्रीको हात रहेको बताएका छन् । उनले हालै ऐश्वर्यालाई लिएर गरेको कमेन्टले पनि ठुलो चर्चा पाएको थियो ।
उक्त कमेन्टका कारण बच्चन परिवारसँग उनको सम्बन्ध पनि बिग्रिएको छ । ऐश्वर्यासँग रोमान्स गर्न पाउनु एउटा मौका भएको र उक्त मौकाको मज्जा लुटेको उनले बताएका थिए ।
उता आफ्नो प्लेबोइ इमेज हुनुमा पुर्व प्रेमिकाहरुको हात रहेको उनले बताएका छन् । उनले दीपिका र कटरीनाका कारण आफु बदनाम भएको बताएका छन् । नेहा धुपियाको सो ,‘नो फिल्टर नेहा’ कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले आफ्नो प्लेबोइ इमेज हुनुमा कटरीना र दीपिकालाई दोष दिएका छन् ।
ती अभिनेत्रीहरुसँग फिल्म गरेकै कारण आफुमाथि यस्तो मानसिकता फ्यानहरुले बनाएको बताएका छन् ।