संसारको सबैभन्दा धनी महिला संगीतकारको सूचीमा टेलर स्विफ्ट पहिलो स्थानमा आएकी छिन् । फोर्ब्सको ‘सबैभन्दा बढि कमाई गर्ने महिला संगीतकार’ सन् २०१६ को सूचीमा स्विफ्टले पहिलो स्थान ओगटेकी हुन् ।
२६ वर्षीया अमेरिकी पप स्टारले गत वर्ष १७ करोड अमेरिकी डलर कमाउन सफल भएपछि उनी संसारको सबैभन्दा धनी महिला संगीतकार भएकी हुन् । उनको यो कमाई दोस्रो स्थानमा रहेकी एडेलभन्दा लगभग दोब्बर हो । बेलायती गायिका एडेलले ८ करोड ५ लाख अमेरिकी डलरको कमाईसँगै दोस्रो स्थानमा आइपुगेकी छिन् ।
यसका साथै शीर्ष १० धनी महिला संगीतकारको सूचीमा मेडोना, रिहाना, बियोन्से, केटी पेरी, जेनिफर लोपेज, ब्रिटनी स्पेयर्स, सनाया ट्विइन, सिलेन डियोन रहेका छन् ।