गएको बर्ष चलचित्र ‘चकलेट’ निर्माण गरेकी नायिका पूजना प्रधानले अर्को नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् । चलचित्र ‘चकलेट’ बाट भनेजस्तो सफलताको स्वाद चाख्न नपाएकी पूजनाले आफुले निर्माण गर्ने नयाँ चलचित्रका लागि एक केटा र एक केटीको खोजी भइरहेको बताएकी छिन् । उनले भनिन, ‘पर्दामा देखिँदा ह्यान्डसम, राम्रो बानी व्यबहार भएको एक केटा चलचित्रका लागि आबश्यक परेको छ ।’ नवल नेपालले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा पूजना आफै मुख्य भुमिकामा हुनेछिन् । उनका अनुसार चलचित्रमा एकजोडी नयाँ र एकजोडी पुराना कलाकार राखिनेछ । पछिल्लो समय पूजना अन्य व्यानरबाट भन्दा पनि आफ्नै लगानीमा चलचित्र निर्माण गर्न सक्रिय देखिएकी छिन् ।