रोहित शेट्टीको गोलमाल सीरीजको चौथी फिल्म ‘गोलमाल ४’ का लागि लीड एक्ट्रेस फाइनल भएको छ । यो फिल्ममा करीना कपूरको भुमिकाको लागि आलिया भट्ट देखी श्रद्धा कपूरसम्मको नाम जोडिएको थियो । तर लेटेस्ट अपडेटलाई मान्ने हो भने रोहित शेट्टीले अन्ततः ‘गोलमाल ४’ को एक्ट्रेसको रुपमा परिणीति चोपडालाई साइन गरेका छन् । चाँडै एक्टर सुशांत सिंह राजपूतसँग अगली फिल्म ‘तकदुम’ को शूटिंग शुरू गर्न लागिरहेकी परिणीतिले ‘गोलमाल ४’ साइन गरिसकेकी छिन् । डिएनए मा छापिएको खबरका अनुसार ‘गोलमाल ४’ का लागि फिल्ममेकर्सको आँखा श्रद्धा कपूर र परिणीति चोपडामा गएर अड्किएको थियो र अब यो फिल्मको लागि परिणीतिलाई फाइनल गरिएको छ । यो चलचित्रमा अजय देवगनको मुख्य भुमिका रहनेछ ।