शाहरुख खान र आलिया भट्ट चाँडै ‘कफी विद करण सीजन ५’ को पहिलो एपिसोडमा देखिदैछन् । पहिलो एपिसोडको टीजर सोशल मीडियामा अहिले भाइरल भइरहेको छ । टीजर देखेर दर्शकहरु पहिलो एपिसोडलाई लिएर एक्साइटेड भइरहेका छन् ।
हाललैमा कफी विद करणको टीमले नयाँ प्रोमो रिलीज गरेको छ । जसमा शाहरुख खानले आफ्नी छोरीलाई लिएर शकिंग कमेन्ट गरेका छन् । जब करणले शाहरुखसँग सोधे कि ‘यदी कोही सुहानालाई किस गर्न खोज्यो भने तपार्ई के गर्नुहुन्छ ?’ यो प्रश्नमा शाहरुख खानले जबाफ दिँदै भने -‘म उसको ओठ फुटाइदिन्छु ।’ ‘कफी विद करण’ ५ नोभेम्बरबाट स्टार वर्ल्डमा टेलिकास्ट हुँदैछ ।