सामाजिक कथामा निर्माण गरिएको फिल्म ‘पार्सल’ फिल्मको गीत सार्वजनिक गरिएको छ । आइतबार धरानको रत्न होटलमा एक कार्यक्रम गरि चलचित्रको ‘लाहुरे आयो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
आगामी मंसिर २४ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘पार्सल’ लाई किशोर सम्वाहाम्फे लिम्बूले रबिन श्रेष्ठको निर्देशनमा निर्माण गरेको हुन् । फिल्ममा अधिकांश दृश्य पूर्वाञ्चलमा खिचीएको र उतैका कलाकारको जमघट रहेकाले धरानमा कार्यक्रम गरि गीत तथा प्रोमो सार्वजनीक गरिएको निर्माता किशोरले बताए ।
किशोर खतिवडा, प्रेम सुब्बा, बिक्रम सिंह, नीता ढुंगाना, प्रभु श्रेष्ठ, प्रेषिका निरौला, किशोर सम्वाहाम्फे, सृजना लिम्बूलगायतले अभिनय गरेको फिल्म युवराज राईले खिचेका हुन् । बिकास चौधरीको संगीत रहेको फिल्मको कोरियोग्राफी गोबिन्द राइले गरेका हुन् । दक्षकुमार राई कार्यकारी निर्माता रहेको फिल्म भरपुर मनोरञ्जन दिने दावी निर्देशक रबिनको छ ।