अनुष्का शर्मा अहिले फिल्म ‘ऐ दिल है मुश्किल’ को कारण चर्चामा छिन् । अहिलेसम्म ८० करोडको कमाई गरिसकेकी अनुष्कालाई लगातार फिल्मबाट पनि सफलता मिलिरहेको छ । पर्सनल लाइफको कुरा गर्ने हो भने अनुष्का यसलाई मिडियाबाट टाढै राख्न चाहिन्छन् ।
तपाईहरु कमैले हेर्नुभएको होला उनको घरको फोटोज । किनकी उनी आफ्नो घरको तस्बिरहरु मिडियाहरुमा अहिलेसम्म सार्वजनिक गरेकी छैनन् । अनुष्का ७, अंधेरीको बद्रीनाथ अपार्टमेन्टमा बस्छिन् । त्यहाँबाट १७ किलो मिटर टाढा उनको ब्वायफ्रेन्ड विराट कोहलीको फ्ल्याट छ ।
बद्रीनाथ अपार्टमेन्टमा अनुष्का शर्माको तीन फ्ल्याट छ, जसको एरिया ६००० वर्ग फीट छ । रिपोर्ट्सको अनुसार, अनुष्काले यसको लागी १० करोडमा किनेकी थिइन् ।