अमेरिकाको क्यालिफोर्नियामा रहँदै आएकी मोडल र सोशल मीडियामा सनसनीको रुपमा आफ्नो पहिचान बनाएकी मोडल सारा मैकडैनियल यस समय आफ्नो आँखाको डिफरेंस कलरको कारण सोशल मीडियामा निकै चर्चामा छिन् । यहाँसम्मकी, उनको आँखा दुनियाभरमा चर्चाको विषय समेत बनिरहेको छ ।
साराको एक आँखाको रंग पहेलो र दोस्रो आँखा हल्का नीलो रंगको छ । एक अंग्रेजी वेबसाइटमा छापिएको खबर अनुसार, सारा मैकडैनियलको दुई रंगको आँखाको तस्बिर तमाम सोशल मीडिया वेबसाइट्समा निकै भाइरल बनिरहेको छ । इंस्टाग्राम, फेसबुक जस्ता सोशल साइट्समा साराको दुई रंग भएको आँखालाई धेरैले मनपराइरहेका पनि छन् । मोडल साराको सुन्दरताभन्दा बढी यूजर्स उसको आँखाको रंगलाई लिएर कुरा हुने गर्छन ।